२८ चैत्र, काठमाडौं - च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले दुई-दुई गोलको बराबरी खेलेका छन्। आर्सनलको मैदानमा भएको खेलमा बुकायो शाकाको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। १२ मिनेटमा गोल खाए पनि बायर्नले १८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि गिनर्बीले गोल गरेका थिए। ३२ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दा बायर्नले खेलमा अग्रता लिन सफल भयो। तर दोस्रो हाफमा आर्सनलका ट्रोसार्डले गोल गर्दै घरेलु टिमको सम्भावित हार टारे।
२७ चैत्र, कर्णाली - कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
२७ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधिसभामा सार्वजनिक महत्तवको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखामा चैत्र २३ मा दर्ता गरेको प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ । धनराज गुरुङ प्रस्तावक तथा पाण्डे र परियार समर्थक रहेको सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ, 'सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ । संवत् २०४७…
२७ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा १८ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ । त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ…
२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबारको बैठकमा कांग्रेस सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएको लामो समयसम्म पनि पुन: सुरू हुन सकेन। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको उल्लेख गरेका छन्। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको अडान राखिरहेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले पनि सहकारी प्रकरणमा लाखौं बचतकर्ता ठगिएकोले संसदीय…
२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ । मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस संसदीय छानबिन समिति बाट पछाडि नहट्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले…
२६ चैत्र, काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको सोमबारको बैठकले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी प्रतिवेदन पारित गरेको हो । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुंगो लगाएको हो । राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयकमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट मात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरिएको थियो । समिति बैठकले उक्त व्यवस्थामा अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्र पनि…
२६ चैत्र, काठमाडौं - सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग राखेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । कांग्रेसले निरन्तर सदनमा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषय राख्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका सभामुख घिमिरेले आइतबार सदनमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका प्रमुख नेताहरूलाई छलफलमा बोलाएका थिए । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारीको रकम अपचलन गरेको सम्बन्धी आरोप छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने र सत्ता पक्छले नबनाउने अडान कायम राखेपछी छलफल बिना निष्कर्ष टुङ्गिएको हो । छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका…
२६ चैत्र, काठमाडौं - काठमाडौंको भद्रकालीमा शनिबार हिँडिरहेका भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी माथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो । ‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौं,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा…
२५ चैत्र, सुनसरी - सुनसरीको हरिनगर -४ लगायतका आसपासका क्षेत्रमा तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि नियन्त्रणमा लिन आइतबार प्रहरीले बल प्रयोग गरेको छ । अपराह्न प्रदर्शन चर्किएपछि प्रहरीले १२ राउण्ड हवाइफायर, २९ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै घेराबन्दीमा पारेर निर्घात कुटपिट गरेका थिए । त्यस क्रममा प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीसहित ९ जना घाइते भएका छन् । प्रदर्शनकारीले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई निर्घात कुटपिट गरी हतियार लुट्ने प्रयास गरेका थिए । प्रहरीको साथबाट ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटे पनि प्रहरीले बल प्रयोग गरेर फिर्ता गराउन सफल भएको जनाइएको…