शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

“संगै हात समाउँदै, जीवनको हर मोडमा साथ दिदैँ”

वडाहरूले गरे निशुल्क मोतिबिन्दुको शिविर

वडाहरूले गरे निशुल्क मोतिबिन्दुको शिविर

दोलखा, २०८१/०५/११ – तिलगंगा आँखा प्रतिष्ठान र दोलखा लाइन्स आँखा केन्द्रले स्थानीय वडा ४ र ५ सहयोगमा २ वाटाका वृद्धवृद्धाहरूका लागि निःशुल्क मोतियाबिन्दु सर्जरी शिविर आयोजना गरेका छन्। यस शिविरको उद्देश्य समुदायका वृद्धजनलाई मोतियाबिन्दुको समस्या समाधान गर्न र दृष्टि सुधारमा मद्दत पुर्याउनु हो। https://www.youtube.com/watch?v=8Aq9sE6-93Q&t=137s
Read More
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन्। बुधबार जिल्लाको प्रस्तावित फिल्म सिटी डाङडुङे डाँडामा सम्पन्न तेश्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिती चयन गरेको हो ।
Read More
प्राचिन शहर दोलखा : भैरव कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास

प्राचिन शहर दोलखा : भैरव कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास

दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरव कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट देखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरव र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरव कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा…
Read More
नेपालबाट गणतन्त्र फ्याँक्न दोलखा भीमेश्वरमा दुर्गा प्रसाँईद्वारा क्षमा पूजा । अर्को व्यवस्थाको लागि कसम खानु भयाे ।

नेपालबाट गणतन्त्र फ्याँक्न दोलखा भीमेश्वरमा दुर्गा प्रसाँईद्वारा क्षमा पूजा । अर्को व्यवस्थाको लागि कसम खानु भयाे ।

  https://www.youtube.com/watch?v=PlsLqV2ipuk
Read More
ड्वाकु डाकस (ठुलो लाखे) प्राचिन नगर दोलखामा सम्पन्न ।

ड्वाकु डाकस (ठुलो लाखे) प्राचिन नगर दोलखामा सम्पन्न ।

लाखे नेपाल अधिराज्यभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच हो। ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन्, सबै त्यस ठाउ“मा झुमिन पुग्छन्। को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, दाेलखाकाे लाखेनाच लाखेनाच मूलतः काठमाडौं उपत्यकामा नचाइने नाच हो। गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (हालको काठमाडौं उपत्यका) मा आक्रमण गरी कब्जा गर्दा उपत्यकाका नेवारहरू उपत्यकाबाहिर पनि बस्न पुगे। जहा“जहा“ नेवार पुगे, त्यहा“त्यहा“ बस्ती विकास गरिदिए। किनभने यिनीहरू उद्योगी र व्यवसायी जाति थिए।…
Read More
प्रसिद्धि कालिञ्चोक भगवती जनैपूणिर्माका दिन “ड्वाकुँ डाकस” राक्षसको रुपमा दोलखा बजार पुगेपछि!

प्रसिद्धि कालिञ्चोक भगवती जनैपूणिर्माका दिन “ड्वाकुँ डाकस” राक्षसको रुपमा दोलखा बजार पुगेपछि!

https://www.youtube.com/watch?v=DE4PREPjLvo  
Read More
परिसुचक भीमेश्वर मन्दिरमा (कालिबाबा) कोरा क्षमा पुजाको तयारी

परिसुचक भीमेश्वर मन्दिरमा (कालिबाबा) कोरा क्षमा पुजाको तयारी

मिति २०८१ साल श्रावण ३१ गते विहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भदौ १ गते शनिवार दोलखास्थित परिसुचक भीमेश्वर मन्दिमा विशेष पुजा गर्नुहुने भएको छ । उहाँ नेपालमा जन्मनु भएतापनि भारतमा बसोबास गर्दै आउनुभएको छ । नेपाल र भारतका राजनीतिक नेताहरुले उहाँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आउनुभएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार अपरान्ह्र परिसुचक भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न लाग्नु भएको भीमेश्वर गुठि व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वर मन्दिरमा पसिना आएको…
Read More
सहकारी ठगीमा लामिछानेलाई बोलाउँदै समिति

सहकारी ठगीमा लामिछानेलाई बोलाउँदै समिति

काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए । समितिका एक सदस्यका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । ‘कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ, गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने, ‘गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाउँछौं ।’ सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search