शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले  दिए पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा

चैत्र २२, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् । अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो । तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नआएपछि उनले राजीनामा दिएका हुन् । नागरिक उन्मुक्तिका सातै…
Read More
राजनीति र संघीयतामा ग्रहण लागेको छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

राजनीति र संघीयतामा ग्रहण लागेको छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

चैत्र २२, लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् । चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए । बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए । औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको…
Read More
मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ  गर्नुपर्ने

मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ गर्नुपर्ने

चैत्र २२, काठमाडौं - सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई आफूले गरेको कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका हुन् । 'मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ,' प्रधानमन्त्रीले भने, 'यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।' पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको…
Read More
अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ले समर्थन नगर्ने

अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ले समर्थन नगर्ने

चैत्र २१, काठमाडौं - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित संघमा बनेको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन नगर्ने निर्णय गरेको छ। धुम्बाराहीमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको हो । राप्रपाले नेपाली कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने संकेत गरेको छ। ‘प्रदेशहरूमा एमाले-माओवादी गठबन्धनलाई सहयोग गर्दैनौं,’ प्रवक्ता मोहन श्रेष्ठले भने, ‘कांग्रेस नेतृत्वका सरकारलाई समर्थन चाहिए सहयोग गर्छौं तर राप्रपा सरकारमा भने सहभागी हुँदैन।’
Read More
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभालाई सम्बोधन गर्दै दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभालाई सम्बोधन गर्दै दिए राजीनामा

चैत्र २१, सुर्खेत - कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघ र प्रदेशमा प्रत्यक्ष कार्यकारीको खाँचो महसुस भएको बताएका छन् । बुधबार प्रदेशसभालाई सम्वोधन गर्दै उन्ले भने ‘संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिने अवस्था निम्तियो,' । ´सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको महसुश भयो ।’ १५ महिना मुख्यमन्त्री भएका शर्माले संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए । ‘देशमा गणतन्त्र र संघीयता पश्चात झुप्रोमा बस्ने गरिब जनतालाई प्राथामिकता दिइनुपर्ने हो । तर, हामी संसदीय अंक गणितको भद्धा प्रहसनमा मात्र रुमल्लिरह्यौँ,’ उनले भने,  ‘पटक-पटक विश्वासको मत लिँदा सरकारको नियमित काममा…
Read More
गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय

चैत्र २१, काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार एक साताको समय दिएका छन्। प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अहिलेकै प्रदेश मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारीसमेत दिएको उल्लेख छ। बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
Read More
वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

१९ चैत्र, हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे । मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् । पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन…
Read More
आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ त्यहाँ कानुनको शासन हुन्न

आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ त्यहाँ कानुनको शासन हुन्न

- केशव प्रसाद भट्टराई जव कुनै प्रधानमन्त्री र गृहमन्त्रीको निर्णय,आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ, त्यहाँ कानुनको शासन हुन्न I प्रजातन्त्र हुन्न I राज्यका वैधानिक संरचनाले काम गरिरहेका हुन्नन् I त्यहाँ व्यक्ति वा समूह विशेषको हुकुमी शासन हुन्छ I कानुनको शासनमा प्रधानमन्त्री र मन्त्रीहरू आफू भ्रष्टाचारमा संलग्न छैनन् भने भ्रष्टाचार नियन्त्रण सम्बन्धी राज्य संरचनाहरू स्वत: क्रियाशील हुन्छन् I
Read More
पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

पेट्रोलमा ४ रुपैयाँ मूल्य वृद्धि

१८ चैत्र, काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा लिटरको ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आइतबार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएकोले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।
Read More
बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

१८ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्। ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस्,’ उनले भने। प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search