दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन्। बुधबार जिल्लाको प्रस्तावित फिल्म सिटी डाङडुङे डाँडामा सम्पन्न तेश्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिती चयन गरेको हो ।
दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरव कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट देखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरव र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरव कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा…
अघिपछि आरोप–प्रत्यारोपमा रहने पार्टीहरू भ्रष्टाचार र एकले अर्कोलाई बचाउनमा प्रायः एकजुट देखिन्छन् नेपालमा भ्रष्टाचारको कारण सुशासनको अभाव र दण्डहीनता भयावह गतिमा बढिरहेको कुरा अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकासका साझेदार मुलुकले चेतावनी र सहायताको सर्तका रूपमा बारम्बार औँल्याइरहेका छन् । अर्कातिर देशभित्रचाहिँ सत्ताधारी र त्यसका ताबेदार वृत्तको मान्यतामा भ्रष्टाचार अब शिष्टाचार हुन थालेको छ । भ्रष्टाचारका अनेक आयाम र रूपले मुलुकलाई थिलथिलो बनाउँदै लगेको छ । अखबारका पाना दिनहुँ भ्रष्टाचारका समाचारले रंगिरहेका छन् । सामाजिक सञ्जालमा आक्रोश देखिन्छ । तर, सत्ता सञ्चालकहरू भ्रष्टाचार र बेथितिका संरक्षक र सेवक भएर विराजमान छन् । सार्वजनिक रूपमा मञ्चबाट गर्ने भाषण वा टेलिभिजनका अन्तर्वार्तामा व्यक्त गरिएका आदर्श जति नै कर्णप्रिय हुन्,…
प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा संघीयताको कार्यान्वयनमा आफूहरूले कुनै कसर बाँकी नराखे पनि कर्मचारीतन्त्रका कारण प्रदेश तथा स्थानीय तहले काम गर्न नसकेको भनिरहेका छन् । कर्मचारीको काम नगर्ने, खटाएको ठाउँमा नजाने, जनप्रतिनिधिलाई उचित मान–मर्यादा नगर्ने, विभिन्न बहानामा राजधानी जाने प्रवृत्तिले बजेट कार्यक्रम कार्यान्वयन र नागरिक सेवा वितरणमा बाधा पुुग्न गई संघीयता भनेको खराब कुरा रहेछ भन्ने भाष्य निर्माण हुन थालेको छ । कर्मचारीले संघीयता बुुझेकै छैनन्, केन्द्रीकृत भावनाले संघीयता सफल हुँदैन भन्ने राजनीतिको बुुझाइ छ । उता…
एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको १९ दिने मध्यपहाडी संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । यात्राको क्रममा अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयाससमेत भयो । यसै पृष्ठभूमिमा एमालेको ‘संकल्प यात्रा’, राष्ट्रिय राजनीति, सरकार, दलहरूले चलाइरहेको ‘मिसन ८४’लगायतका विषयमा महासचिव शंकरपोखरेलसँग नयाँ पत्रिकाका शुरोजंगपाण्डेले गरेको कुराकानी : सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभन्ज्याङसम्मको १९ दिने मध्यपहाडी संकल्प यात्रामा एमालेले जनताका प्रमुख सरोकार र समस्याहरूलाई मूलभूत रूपमा कसरी अनुभूत गरेको छ ? पहिलो, अभियानको विशेषताबारे प्रकाश पारेपछि तपाईंले खोजेको प्रश्नको जवाफमा प्रवेश गर्छु । हामीले मंसिर १४ देखि वैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डा फहराएर अभियानको शुभारम्भ गर्यौँ । विभिन्न ठाउँमा सभा आयोजना…
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।