दैनिक जिवनमा आइपर्ने तनावलाइ न्यूनीकरण गर्दै खुसी, उत्साह र उमङ्गले भरिएको जीवनको लगि जीवन विज्ञान परिपद्, दोलखाद्वारा आयोजना गरिएको "आरोग्यताको लागि स्व-जागरण कार्यक्रम" का झलक https://www.youtube.com/watch?v=0mDylW0-dRU
प्राचीन शहर दोलखामा हिले जात्राको पुर्बसंध्यामा लाखे नृत्य आफ्नो उत्कर्षमा थियो शंखद्वनी मिडियाका युबा सम्पादक महेन्द्र श्रेष्ठले खबर प्रेषित गर्नु भयो – “प्राचीन शहर दोलखामा लाखे नृत्य देखाइयो । उपत्यकाबाट लखेटिएका नेवारहरुले आफु जहाँ जहा पुगे त्याहाँ त्याहाँ लाखे नृत्य देखाउने गरेका छन्।“ जुन शहर / बजारका नेवारहरुले लाखे देखाउने गरेका कुरामा दुइ मत छैन तर “लखेटिएका” भन्ने कुरामा कमसेकम दोलखा शहरका नेवारहरुका बारेमा मलाइ उहाँको कुरामा चित्त बुझेन । किनकि दोलखा राज्य मध्यकालमा नेवारहरु को चार राज्य – ललितपुर, भक्तपुर, काठमाण्डौ र दोलखा मध्य एक थियो र उपत्यकाका राज्यहरुको समक्षीक थियो जुन कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले (नेपालको सांस्कृतिक परम्परा) स्पस्ट संग लेख्नु भएकोछ।…
२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
कार्तिक २७, २०८१ शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ।…
- महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) कात्तिक १९,दाेलखा । धान बाली भित्र्याउने समयमा झरी परेपछि दाेलखाकाे किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् । धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् । जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो । चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने…
तिहारका बेला दोलखामा राति देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक सुचना सार्वजनिक गर्दै राति १० बजेपछि देउसी भैलो खेल्न नपाउने निर्णय गरेको हो। दीपावली पर्व मनाउने क्रममा भूईचम्पा, पटाका, आतिसवाजी जस्ता प्रज्वलशील पदार्थहरु उत्पादन, ओसापसार, विक्री वितरण र प्रयोग नगर्नु भनेको छ। मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्य नगर्न, जुवातास, कौडा, गोटी तथा लङगुरबुर्जा जस्ता जुवाजन्य खेल नखेल्न पनि प्रशासनले आग्रह गरेको छ। त्यस्तै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कोही कसैले सुचना विपरित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने नि.प्रमुख…
बडादशैंपछि नेपाली जनताको दोस्रो ठूलो चाड तिहारलाई दीपावली पनि भनिन्छ, जसको शाब्दिक अर्थ ‘बत्तीका पङ्क्ति’ हो। यो पर्व कार्तिक (नोभेम्बर) मा पर्छ। दीपावली शब्द दुई सरल शब्दहरूबाट बनेको हो, 'दीपा' जसको अर्थ उज्यालो र 'अवली' भनेको पङ्क्ति हो। यसरी, दीपावली शब्दको अर्थ बत्तीहरूको पङ्क्ति हो। यसकारण यस पर्वमा मानिसहरूले आफ्नो घर अगाडि बत्ती बाल्छन्। नेपालका सबै परम्परागत चाडहरूमा तिहार सबैभन्दा रमाइलो हुन्छ। इतिहासकार डेनिसन रोस्का अनुसार घर र पसलमा बत्ती बाल्ने प्रचलन भनेको उज्यालो र सरसफाइमा मन पराउने धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने हो । यस पर्वको उत्पत्तिको बारेमा धेरै किंवदन्तीहरू छन्। एक किंवदन्ती अनुसार यो पर्व राजा महाबलीको…
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु…
-लक्ष्मण थामी थामी समुदायको धर्मग्रन्थ (सिलोके पालाखे) को राष्ट्रिय स्तरमा परिस्कृत संस्करण प्रकाशनमा आएको छ । जसको एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गरियो । धेरै जिल्लाका श्रोतव्यक्ति (गुरुवोन) हरुबाट संकलित र उहाँहरुसँगको सामुहिक छलफल, बहस र अन्तरक्रियाको बीचबाट तयार पारिएको यो सिलोके पालाखे धेरै परिस्कृत भएर आएको छ । नयाँ विषय के थपिए र कति परिस्कृत भयो भन्ने कुरा स्पष्ट हुँदै जानेछ । यो धर्मग्रन्थको विशिष्ट एवं ऐतिहाँसिक महत्वको सन्दर्भमा आगामी दिनमा थप चर्चा र बहस पक्कै हुनेछ र हुनुपर्दछ । अब हामी यसको प्रभावकारी कार्यान्वयन गर्दै प्रवद्र्धन र पुस्तान्तरणको अभियानमा जुट्नु पर्दछ । यो ऐतिहाँसिक कार्यका लागि विगु गाउँपालिका, नेपाल…
११ कार्तिक २०८१, दोलखा । यसपाली दसैँमा कालिंचोक युबा क्लबले दोलखाका केहि बौद्ध चैत्यहरुको सरसफाई र रंगरोगन गरेर आफ्ना पुर्खाको धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने सराहनी काम गरेकोछ । म स्वयम् अध्यक्ष हुँदा पनि बजेटको अभाबले गर्दा दुंगल टोल र नक्छें टोलका चैत्यहरुको धेरथोर मर्मत सम्भार गरेका थियौं । नेपाल भरिमा नै अपबाद स्वरुप नुवाकोटमा हालसालै उत्खनन बाट प्राप्त सानु चैत्य बाहेक दोलखा शहरमा मात्र त्यो पनि शहर भित्र नै ५ वटा चैत्यहरु छन् जस मध्य एउटा पुनर्निर्माणको पर्खाइमा छ । सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए भन्छन । तर…