प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र चीनबीच भएको टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन्। यसैगरी…
-महेन्द्र श्रेष्ठ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको वरपर गफ लगाएर प्रभाव देखाउने र जनताबाट टाढा रहेका नेतादेखि जनप्रतिनिधिसम्म पार्टीको निगरानी र निसानामा परेको संकेत उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ । उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा…
११ कार्तिक २०८१, दोलखा । यसपाली दसैँमा कालिंचोक युबा क्लबले दोलखाका केहि बौद्ध चैत्यहरुको सरसफाई र रंगरोगन गरेर आफ्ना पुर्खाको धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने सराहनी काम गरेकोछ । म स्वयम् अध्यक्ष हुँदा पनि बजेटको अभाबले गर्दा दुंगल टोल र नक्छें टोलका चैत्यहरुको धेरथोर मर्मत सम्भार गरेका थियौं । नेपाल भरिमा नै अपबाद स्वरुप नुवाकोटमा हालसालै उत्खनन बाट प्राप्त सानु चैत्य बाहेक दोलखा शहरमा मात्र त्यो पनि शहर भित्र नै ५ वटा चैत्यहरु छन् जस मध्य एउटा पुनर्निर्माणको पर्खाइमा छ । सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए भन्छन । तर…
७ कार्तिक, दोलखा । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् । गत असोज १२ को बाढीले बगाएको पुल नेपाली सेनाले उक्त पुल बेलीबिडीज २१ दिन भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।
१ कात्तिक २०८१, दोलखा । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायु बागमती, कोशी तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार मधेशका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।त्यसैगरी गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२९ चैत्र, दाङ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार दाङको घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नुपर्ने बताएका हुन् । त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने उनको भनाइ थियो । ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए,' उनले भने, 'कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन। त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ ।’ कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस…
२५ चैत्र, लुम्बिनी - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । साथै मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्। शपथ लिनेहरुमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्। उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।
चैत्र २३, बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्रीको सपथ भने आइतबार दिउँसो १ गराउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
चैत्र २२, लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएका छन् । चौधरीले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए । बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए । औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको…
१७ चैत्र, दाङ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्। ‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,' उनले भने। गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए। ‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने। थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो…