काठमाडौंको चन्द्रागिरी नगरपालिकाको धार्मिकस्थल मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ऐतिहासिक,धार्मिक, साँस्कृतिक एवम् सम्पदा वस्तिको रुपमा रहेको भीमेश्वर नगरपालिकाको वडा नं २ को दोलखा बजार अर्थात द्वाल्खा बजारबाट वडा नं २ को संयोजनमा र वाराणशी सहयोगी हातहरुको ब्यवस्थापनमा वडाध्यक्ष स्टालिन श्रेष्ठ ज्यूको नेतृत्वमा आफ्नो मौलिक साँस्कृतिक परम्परा बोकेको विभिन्न किसिमको लाखे सफल रुपमा प्रदर्शन गरी आफ्नो मौलिक परम्परा र संस्कृतिको परिचय दिने कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै र वडाध्यक्षज्यू बाट आगामी वर्ष २०८२मा द्वाल्खामा राष्ट्रव्यापी वृहत् लाखे नाच प्रदर्शनीको उदघोष गर्नुभएकोमा र पुर्व वडाध्यक्ष विराज श्रेष्ठबाट द्वाल्खाको लाखे नाचको परिचय र मौलिक विशेषताको बारेमा उजागर गर्नुभएकोमा विशेष धन्यवादका…
दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरव कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट देखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरव र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरव कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा…
लाखे नेपाल अधिराज्यभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच हो। ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन्, सबै त्यस ठाउ“मा झुमिन पुग्छन्। को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, दाेलखाकाे लाखेनाच लाखेनाच मूलतः काठमाडौं उपत्यकामा नचाइने नाच हो। गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (हालको काठमाडौं उपत्यका) मा आक्रमण गरी कब्जा गर्दा उपत्यकाका नेवारहरू उपत्यकाबाहिर पनि बस्न पुगे। जहा“जहा“ नेवार पुगे, त्यहा“त्यहा“ बस्ती विकास गरिदिए। किनभने यिनीहरू उद्योगी र व्यवसायी जाति थिए।…
मिति २०८१ साल श्रावण ३१ गते विहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भदौ १ गते शनिवार दोलखास्थित परिसुचक भीमेश्वर मन्दिमा विशेष पुजा गर्नुहुने भएको छ । उहाँ नेपालमा जन्मनु भएतापनि भारतमा बसोबास गर्दै आउनुभएको छ । नेपाल र भारतका राजनीतिक नेताहरुले उहाँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आउनुभएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार अपरान्ह्र परिसुचक भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न लाग्नु भएको भीमेश्वर गुठि व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वर मन्दिरमा पसिना आएको…
३० चैत्र, काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् । उनले शुक्रवार नयाँ वर्ष २०८१ को शुभकामना दिँदै भनेका छन्, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ।’ ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको…
३० चैत्र, काठमाडौं - प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् । रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् । उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए । तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए । त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन् ।
३० चैत्र, काठमाडौं - मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए । उक्त भेटपछि अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए।